सिराहा । सप्तरीको बोदे बरसाइन नगरपालिका–१० बस्ने २४ बर्षीय महेश चौधरी र २४ बर्षीय सुरेश यादबलाई प्रहरीले अबैध लागूऔषध डाईजेल्याप–५ एम्पुल,लुपिजेसिक–५ एम्पुल, फेनारगन–५ एम्पुल, नाईट्रोजन ट्याब्लेट १ सय ३० थान र गाँजा २ सय ग्राम सहित पक्राउ गरेको छ ।
लहान नगरपालिका–३ स्थित ठाडीचोकमा खटिएको प्रहरी टोलीले शनिबार उनीहरु सवार बा.२१प ६७२६ नम्बरको मोटरसाइकल चेक गर्दा उनीहरुको साथबाट उक्त लागूऔषध बरामद भएको हो ।
Share This