नवाह ज्ञानमहायज्ञ तथा प्राणप्रतिष्ठा महोत्सव २०७४ सुरु  

माघ १८ गते, बिहिबार । एलएन गच्छदार

मोरंगको ग्रामथान गाउँपालिका -३, कौशल्या चौक भौसाबाड़ीमा आज देखि श्रीमद भागवत धन्धान्यचल नवाह ज्ञानमहायज्ञ तथा प्राणप्रतिष्ठा महोत्सव २०७४ सुरु भएको छ । अधुरो अवस्थामा रहेको रामजानकी मन्दिर निर्माणार्थ हेतुले आयोजना गरेको उक्त महोत्सवमा प्रतिनिधिसभा सदस्य अमनलाल मोदीले समुदघाटन गरेका छन्।

प्रमुख अतिथि मोदीले कोहि पनि सानै देखि जानेर नआएको अहिले थारु समुदायमा धार्मिक आस्था बढेको हुँदा आयोजना गर्ने मुल समारोह समितिलाई सफलताको शुभकामना संगै आउँदो दिनमा मन्दिर निर्माण गर्नका लागि सांसद कोषबाट ५ लाख रुपैयाँ दिने बताउनु भयो। 

सो मन्दिर २०२५ सालमै स्थापना भएको थियो भने आधिकारिक रुपमा २०६४ जेष्ठ २ गते दर्ता भएको हो ।आज भन्दा १५ बर्ष अगाडी मन्दिर भौसाबाड़ी गाउँमा थियो भने बोल्न नसक्ने मौनि गुरुमहराज ब्रहाम्चारीले पुजा तथा संरक्षण गर्दै आइरहेको थियो । एकाएक मौनि गुरुमहाराज मन्दिर छोडेपछी कता हराएको र अहिले सम्म कहाँ छन् केहि अतोपतो नभएको आयोजक समितिका अध्यक्ष झखन दास चौधरीले बताएका छन् । अहिले सो मन्दिर हरैंचा – बिराटनगर सडक खण्ड पर्ने कौशल्या चौक स्थित शिव मन्दिर परिसरमा अस्थायी रुपमा ठाउँसारी गरि पुजा तथा मन्दिर संरक्षण गर्दै आएका छन् ।  मन्दिरको नाममा मौनि गुरुमहाराजले १६ कठा जग्गा समेत दान गरेका छन् भने महेशपुरकी पहरादेवीले ५ कठा जग्गा समेत दान गरेको अध्यक्ष दासले जानकारी दिएका छन् । सो मन्दिरको जग्गा मन्दिर व्यवस्थापन समितिले संरक्षण गर्दै आइरहेका छन् । नवाह ज्ञानमहायज्ञ तथा प्राणप्रतिष्ठा महोत्सवबाट उठेको दानले शिव मन्दिरको ठीक दक्षिण आसपासमा सार्वजनिक जग्गामा रामजानकी मन्दिर निर्माण गरिने समेत जनाएको छ ।

आज भएको कलश यात्रामा सिधराहा, लखन्तरी, गिधनिया, रंगटोलि र बिराटनगर लगायत ठाउँबाट उल्खेनिय सहभागिता र विभिन्न जातीय भेषभुषासहित झाँकी प्रदर्शनी गरि २० किमी परिक्रमा गरि सिंगिया खोलामा जल भरेका थिए ।

आज देखि सुरु भई माघ २६ गते सम्म सो नवाह महायज्ञ प्राणप्रतिष्ठा महोत्सव चल्ने छ भने प्रमुख बाचक नेपालका प्रख्यात प्रष्ट वक्ता मधुरभाशि २० बर्षिया युवा पण्डित श्री लक्ष्मण पौड्याल शास्त्री र उपवाचक लक्ष्मण रेग्मी शास्त्रीको मुखारबिन्दबाट कथा श्रवण हुने तथा नेपालका राष्ट्रिय कलाकारका साथमा सुमधुर संगितमय भजन र झांकि प्रदर्शन रहने कलाकार प्रमुख पुलिस विश्वासले जानकारी दिईएको छ । त्यसैगरी गायक शुशील मुडयारी, निरन्जन सरदार, गायिका रिता विश्वास, बासुरी वादक रमण थापा , कलाकार सत्यनारायण भगत, बालकलाकार साधना बिश्वास लगायतको  प्रस्तुति रहने जानकारी दिए ।

श्रीमदभागवत धन धन्धान्याञ्चल नवाह महायज्ञ प्राणप्रतिष्ठा महोत्सव २०७४ को आयोजना राष्ट्र निर्माणमा संस्कृतिको रक्षा धार्मिक एवं नैतिक चरित्रको उन्नयन संस्कृति एवं एकता विकास एवंम समस्त पितृहरुको उद्धार र समाज कल्याणका लागि उक्त निर्माणाधीन अवस्थामा रहेको रामजानकी मन्दिर निर्माण गर्ने तथा मन्दिर वरिपरी घेरावारा र बिबाह मण्डप निर्माण गर्ने उदेश्यले आयोजना गर्न लागिएको प्रमुख बाचक लक्षमण पौडेल शास्त्रीले बताएका छन् भने यसमा आफुले स्वयं संगीत प्रेमी भक्तजनहरुलाई निमन्त्रणा गरेको जनाएका छ ।

सेयर गरौ
  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here