जनताले रेशमलाई दिएको न्याय राज्यले किन स्विकार्न चाहदैन ?

विनय चौधरी ।। इतिहासलाई हेर्दा नेपालको इतिहास धेरै घट्ना र दुर्घटनाहरुले भरिपूर्ण रहेको छ । यस्तै घट्ना मध्ये एउटा सबै माझमा जानकार रहेको घट्ना हो ७ भदौ २०७२ कैलालिको टिकापूर घट्ना । उक्क्त घट्नालाई र हिंसाको विभिन्न तरिकाले व्याख्या विश्लेषण गरियो र हेर्ने दृष्टिकोण समेत भिन्न–भिन्न पाइयो ।

टिकापूर घट्नालाई हत्या श्रृखंला संग समेत जोडेर विश्लेषण गरेको पनि पाइयो । कतिपय संचार माध्यमहरुले समेत घट्नाको यर्थाथ बुझ्को सट्टा आफ्नो मन परि ढंगले विश्लेषण गरेर उक्क्त स्थानमा सामाजिक सद्भाव नै खतरामा पर्ने स्थिति समेत पुग्यो । यथार्थमा के हो त टिकापुर घट्ना रु को हुन उक्क्त घट्ना को देषी रु के गदैछ राज्यले यस्ता धेरै प्रश्नहरु आम मानिसको मन भित्रको खुल्दुलि को विषय बनेको पाइ्रन्छ । टिकापूर घट्नामा १जाना नाबालक सहित ८ जना सुरक्षा कर्मीको ज्यान गएको थियो । उक्क्त घट्नामा दोश्।ी ठहर गरिएका रेशम चौधरी लामो समय प्रहरिको फरार अभियुक्क्तको सुचिमा थिए ।

२०७४ मंसिर २१ गते सम्पन्न प्रतिनिधी सभाको निर्वाचनमा मुख्य अभियुक्त भनिएका रेशम चौधरी कैलालीको टिकापूर निर्वाचन क्षेत्र नं। १ बाट अत्याधीक मत प्राप्त गरि प्रतिनिधी सभा सदस्यको रुपमा विजयी समेत भएका छन् । २०७४ फाल्गुन १४ गते स्वंय रेशम चौधरी कैलाली जिल्ला अदालतमा उपस्थित भई घट्नाका सम्बन्धमा बयान दिए पछि पुन: यो घटना चर्चामा आएको छ । टिकापूर घट्ना विशुद्ध राजनितिक उद्देश्य र थारु समुदायको हक हितको लागी भइरहेको आन्दोलको क्रममा भएको अमानविय घट्ना हो । उक्क्र घट्नालाई साम्प्रदायीकताको रुप दिन खोज्नु झनै ठुलो अमानविय व्यवाहार हो ।

आन्दोलनका क्रममा भएको घट्ना राज्यले आन्दोलनका मुख्य नेतृत्वकर्ताहरुलाई दोषी नदेखेर एउटा कार्यकर्तालाई मुख्य आरोपि बनाउनु ले पनि सरकारको नियत माथी प्रश्न चिन्ह खडा गरेको छ । घट्ना भएकै स्थानबाट घट्नाको मुख्य आरोपि भनिएका रेशम चौधरी अत्याधिक मतका साथ निर्वाचन जित्नुले पनि घट्नाको दोषि आन्दोलनका मुख्य नेतृत्वकर्ता र सरकार स्वयं हो भन्ने तथ्यलाई प्रष्ट पारेको देखीन्छ । आन्दोलनका मुख्य नेतृत्वकर्ता र सरकार विचमा रहेको अपवित्र सांठगाठका कारण आफ्नो ज्यानको सुरक्षाका निम्ती लामो समय सम्म रेशम चौधरीले कानुुनि उपचार समेत पाउन नसकेर भुमिगत अवस्थामा बस्नु पर्ने वाध्यता रहेको थियो । आज परिस्थिती फेरीएको छ । लामो समय सत्तामा रहेका र सत्ता नपाउदा जनताको नाममा आन्दोलनको नौंटकी गरेर पुन: सत्तामा पुग्न खोज्नेहरुलाई जनताले पाखा लागएका छन् भने रेशम चौधरीलाई जनताले सत्ताको केन्द्रमा पु¥याएका छन् ।

यि सबै बदलिएको परिवेशमा रेशम चौधरीले कानुनि उपचारको बाटो रोजेर जनताले व्यक्त गरेको अभिमत को मात्रै नभई कानुनि राज्यको समेत सम्मान गरेका छन् । कानुनि उपचारको बाटोमा पुग नदिन समेत थुप्रै सड्यन्त्रका तानाबानाहरु बुनिए । निर्वाचित भएका प्रमाण पत्र रोक्ने देखी सोझै प्रहरी हिरासतमा पु¥याउने जस्ता घृणीत खेलहरु यो विचमा नखेलीएका होइनन् । सबै खालका सड्यन्त्रहरुलाई परास्त गर्दै रेशम चौधरी जसरी जनताबाट निर्दोश ठहरीएका छन् त्यसै गरी सम्मानित अदालतबाट समेत निर्दोश ठहरीने छन् । सड्यन्त्रकारीहरुका सबै अस्त्र निरर्थक बनेपछी रेशम चौधरी अदालतमा भएको उपस्थितिलाई नकारात्म शैलीमा प्रचार गरेर उहाँलाई कमजोर बनाउने प्रयन्न गरिदैछ । अदालतमा भएको उपस्थितिलाई आत्मसम्पर्ण जस्ता शब्दहरुको शब्दजालबाट बदनाम गर्न खोजिदै छ ।

टिकापुर घट्ना र रेशम चौधरीलाई नजिकबाट चिनेका सम्पुर्ण जनताहरु आज सम्मानित अदालतबाट सहि फैसला हुने कुरा आशाबादी रहेका छन् । सम्मानित अदालतले यर्थाथ दोशीहरुको र सम्पुर्ण घट्नाकै छानविन गर्ने आदेश दिने कुरामा समेत ढुक्क छन् । कुनै पनि घट्नालाई व्यक्तिगत प्रतिसोधको आधारमा हेर्ने हो भने अहिले नेपालमा रहेका राजनितिक दल र तिनका शिर्ष स्तरका नेताहरु समेत कहि न कहि तत्कालीन सरकारका नजरमा राज्यद्रोह र समाजका विरोधि भनेर आरोपित भएकै हुन । तर राज्य सत्तामा भएको परिवर्तन संग यस्ता विविध आरोपहरु स्वत: गलत प्रमाणीत भएका थिए । आज पनि आम जनताले कानुनि राज्यको मान्यता स्थापीत हुने गरी टिकापुर घट्नाको न्यायीक छानविन गरी देशीलाई कार्वाही हुने कुरामा पुर्ण आशावादी छन् । घट्नालाई एकपक्षिय रुपमा विश्लेषण गरी सम्प्रादायीक बनाउन खोज्नेहरुलाई समेत सम्मानित अदालतको फैसला ले निरुत्साहीत गर्ने छ ।

अन्त्यमा सम्पुर्ण जनतालाई घट्नाको यर्थाथ विवरण जानकारी हुने गरी संचार माध्यमहरुले समेत एक पक्षिय र काल्पनिक ढंगबाट घट्नाको व्याख्या विश्लेषण नगरी सत्य तथ्यकुराहरु अगाडी ल्याइ सामाजिक सद्भाव कायम गर्ने कार्य गरुन भन्ने अनुरोध गर्न चाहान्छु ।

Share This

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here