दुहवी स्थित सिमरीयाको श्री जनता उच्च मा.वि मा नियमित पढाइ र गुणस्तरीय शिक्षाको लिखित प्रतिबद्धता आएपछि पठन पाठन सुरु भएको छ ।

प्रेम गिरि, दुहवी

दुहवी स्थित सिमरीयाको श्री जनता उच्च मा.वि मा नियमित पढाइ र गुणस्तरीय शिक्षाको लिखित प्रतिबद्धता आएपछि पठन पाठन सुरु भएको छ । शिक्षकहरुले लापरवाहि गरेर बिद्यार्थीहरुको भविश्यसँग खेलवाड गरेको भन्दै बिद्यार्थीहरु आन्दोलीत भएका थिए । बिद्यार्थीहरुले शिक्षकहरुलाइ गेट बाहिरै राखेर स्कुलको गेटमा ताला लगाएका थिए ।

शिक्षकहरु नियमित बिद्यालय न आउने बिद्यालय समयमा वाइफाइ चलाएर बस्ने गरेको बिद्यार्थीहरुको गुनासो रहेको छ । नियमित पढाइ न हुँदा गुणस्तरीय शिक्षाको अभावमा यस क्षेत्रका धेरैजसो अभिभावकले आफ्ना छोराछोरीहरुलाइ निजी बिद्यालयमा भर्ना गर्नु परेको गुनासो सुनाउछन ।

शिक्षा ऐन, नियमावली र निर्देशीकाको धज्जी उडाउँदै मनोमानी चलेका सुनसरी जिल्लाका सरकारी विद्यालयहरुमा निरन्तर खराव नतिजा ल्याउने गरेकोले गुणस्तरीय शिक्षाको नाममा विद्यार्थीहरुको भविश्य असुरक्षित बन्दै गएको पछिल्ला घटनाक्रमहरुले पुष्टी गर्दै गएको छ । दलको झोला बोक्ने तर, कक्षामा नपढाउने शिक्षकहरुलाई कार्बाही गर्नुपर्ने स्थानियहरुको माग रहेको छ । दुहवी नगरपालिकाका शिक्षा कार्यालय प्रमुख बिजय मण्डलले शैक्षिक विकास पहिलो शर्त भएको भन्दै शैक्षिक रुपान्तरणको आवश्यकता महत्वपूर्ण रहेको बताए । कर्तव्य पुरा नगर्ने शिक्षक, शिक्षक रहनै नसक्ने भन्दै उनले अब कक्षाकोठाको उपलब्धीको आधारमा शिक्षक मूल्यांकन गरिने जोड दिए ।

भ्रष्टाचारको भण्डाफोर हुनु धेरै राम्रो कुरा हो। पारदर्शिता बढिरहेको छ र नागरिकहरू परिवर्तनका लागि तयार छन, नागरिकको आक्रोश न्यायोचित छ। किनभने सरकारभित्र पारदर्शिताको अभाव भयो भने बालबालिकाको शिक्षाको गुणस्तरदेखि सहरमा आवत–जावत र खाद्यान्नको मूल्यसम्म सबै कुरामाथि प्रभाव पर्छ। भ्रष्टाचारप्रति नागरिकको असहिष्णुता अति महत्त्वपूर्ण छ, खासगरी संघीयतामार्फत जवाफदेहिता अझै स्थानीय स्तरमा पुग्दै गरेको अवस्थामा। अवज्ञाका ससाना कार्यबाट पनि सहयोग पुग्छ, जस्तै सानोतिनो घुससमेत खुवाउन नामञ्जुर हुनु।

सेयर गरौ
  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here