संसद रेशम चौधरी र लक्ष्मण चौधरी को स्वास्थ्य अवस्था बिग्रँदै

२०७४ फागुण २२ गते, कैलाली
दिल बहादुर थारु

रेशम र लक्ष्मणको स्वास्थ्य अवस्था बिग्रँदै। २०७४ फागुन २० देखि आमरण अनशनमा बसेका रेशम चौधरी र लक्ष्मण थारुको स्वास्थ्य अबस्था बिग्रँदै गइरहेको छ । प्रतिनीधि सभाका सांसदका रुपमा ऐतिहासिक जीत हासिल गरेका टीकापुर घटनाका आरोपित रेशम चौधरीलाई निर्बाचन आयोगले प्रमाण पत्र दिनमा र जिल्ला अदालत कैलालीले शपथ खुवाउनका लागि कुनै पहल नगरेपछि रेशम चौधरी लगायतका जेलमा रहेका २४ राजनीतिक बन्दीहरु आमरण अनशनमा बसेका हुन् ।
२२ गते पुग्दासम्म धेरै अनशनकारीहरुको प्रेसर निकै कम भैसकेको छ । कुराको सुनुवाई नभएसम्म आमरण अनशन जारी राख्ने नेता त्रय (रेशम, लक्ष्मण र लाहु) ले थारु नागरिक समाज कैलालीलाई जानकारी गराए । अहिलेसम्म सम्बन्धित निकायले अनशनकारीहरुलाई भेटेको छैन ।

सेयर गरौ
  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here