थरुहट थारुवान संयुक्त संघर्ष समितिको वारपार आन्दोलनको चेतावनी

२३ फागुन, काठमाडौं ।। थरुहट थारुवान संयुक्त संघर्ष समितिले रेशमलाल चौधरी लगायत २५ जना थारुहरुलाई झुठ्ठा मुद्धा लगाई बन्दी बनाएको र बन्दी जीवन बिताईरहेकाहरु शुरु गरेको आमरण अनसनमा ऐक्यवद्धता जनाएको छ । बुधबार थरुहट थारुवान संयुक्त संघर्ष समितिले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आमरण अनसनमा रहेकाहरुलाई केही तलमाथि भए वारपारको आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

टीकापुर घटनालाई राज्यले कपोकल्पित मुद्धा बनाएर निर्दोषहरुलाई जेलमा हालेको समेत संघर्ष समितिको भनाई छ । केपी ओली सरकारले थरुहट थारुवान संयुक्त संघर्ष समितिले उठाउदै आएको १३ बुँदे माग सम्बोधन गर्नुपर्ने, झुठा मुद्धा लगाएर बन्दी बनाएकाहरुलाई रिहा गर्नुपर्ने र आमरण अनसनमा बसेकाहरुलाई जीउ ज्यानको रक्षाका लागि सरकारसंग माग राखेको छ । पत्रकार सम्मेलनमा थारु कल्याणकारीणी सभाका उपाध्यक्ष प्रेमीलाल चौधरीले थरुहट थारुवान संयुक्त संघर्ष समितिको शान्तिपुर्ण आन्दोलनलाई बेवास्ता गरे वारपारको आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

त्यस्तै पुर्व सांसद रुकमीणी थरुनीले टीकापुर घटना रहस्यमय भएको र यसको सत्यतथ्य पत्ता लगाउन सरकारलाई चुनौती दिएकी छिन् । उनले दरबार हत्याकान्ड र मदनभण्डारी दुर्घनालाई अहिले सम्म सरकारले लुकाएर राखेको भन्दै प्रतिवेदन सार्वजनीक गर्न समेत चेतावनी दिए । उनले टीकापुर घटनामा संलग्न भनेर मधेशी शिर्ष नेताहरुको नाम भए पनि निर्दोष थारुहरुलाई फसाएर बन्दी बनाएको बताएकी छिन् । पत्रकार सम्मेलनमा किशोर विश्वासले प्रदेशको सिमांकन र नामांकन नै गल्ति भएकोले यो कुनै हालतमा स्विकार्य नहुने बताए । उनले कैलाली जेलमा बन्दि जीवन बिताइरहेकाहरुको आमरण अनसनमा कुनै तलमाथि भए कडा आन्दोलनको चेताबनी समेत दिएका छन् ।।

Share This

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here