जेलमै अनशनरत रेशम चौधरी बेहोस भएपछि अस्पताल भर्ना

लखन चौधरी/धनगढी।

फागुन २० गतेदेखि कैलाली कारागारमा आमरण अनशनरत रेशम चौधरीलगायत थुनुवाहरू अस्पताल भर्ना भएका छन् । तीनबुँदे माग राखी अनशनरत उनीहरूको स्वास्थ्य अवस्था नाजुक भएपछि शुक्रबार सेती अञ्चल अस्पताल भर्ना गरिएको हो । रेशम चौधरी र विश्राम चौधरी अस्पतालमा उपचारत रहेको अस्पताल स्रोतले जानकारी दियो ।

जिल्ला कारागार कैलालीका सहायक जेलर भक्तबहादुर विष्टका अनुसार अनशनरत रेशम चौधरी, विश्राम चौधरी, विश्राम कुश्मी, लक्ष्मण थारू, किसन चौधरी, रामप्रसाद चौधरी, संगम चौधरीको अवस्था गम्भीर छ ।

आज पनि मानवअधिकार आयोग क्षेत्रीय कार्यालय धनगढीको टोली कारागार पुगेको थियो । आयोग धनगढीका दीपक ध्वजजंग कार्कीले मान्छेको बाँच्न पाउने अधिकार नैसर्गिक अधिकार भएकोले राज्य संवेदनशील हुनुपर्ने बताए । उनीहरूको मागबारे राज्यले सुनुवाई गर्नुपर्ने पनि उनको भनाइ थियो ।

अनशनकारीहरूले रेशम चौधरीलाई प्रतिनिधिसभा सदस्यमा जितको प्रमाणपत्रसंगै शपथ ग्रहण गराउनुपर्ने, पुर्पक्षका लागि कारागारमा रहेका थुनुवाहरूलाई रिहा गर्नुपर्ने र थरुहटको माग सम्बोधन गर्नुपर्ने माग राखेका छन् ।

source: Tharuwan

Share This

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here