विमान दुर्घटनाः १२ घाइतेको केएमसीमा उपचार हुँदै, चार जना अन्यत्र रिफर (सूचीसहित)

२८ फागुन, काठमाडौं । यूएस बंगला विमान दुर्घटनामा घाइते भएका मध्ये १ जनाको काठमाडौं मेडिकल कलेज -केएमसी) सिनामंगलमा उपचार भइरहेको छ ।

अस्पतालले घाइतेको सूची सार्वजनिक गरेको छ । पिन्ची धामी र समिना ब्यान्जनकारसहित ३ जनाको आईसीयूमा उपचार भइरहेको छ ।

धिरेन्द्र सिंह पुजनाको अर्थो वार्डमा उपचार भइरहेको । अरु विदेशी नागरिक छन् ।

अस्पताल पुर्‍याइएका चार जनालाई अन्यत्र रिफर गरिएको छ । उनीहरुमा किशोर त्रिपाठी, हरिप्रसाद सुवेदी, दयाराम ताम्रकार र केशव पाण्डेलाई अन्य अस्पताल रिफर गरिएको छ ।

केएमसीले रिफर गरेका मध्ये दरायामसहित तीन जनालाई ग्राण्डी अस्पताल धापासी लगिएको छ ।


source: OnlineKhabar

Share This

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here