थारु समुदायको बिर सुपुत्र, पहिचानवादी नेता रेशम चौधरीको अन्यौल राजनिती भविष्य

थारु राजनितिले नेपालको राजनीतिमा आफ्नै किसिमको छुट्टै पहिचान बनाइसकेको अवस्था छ ।बिगतमा भएका रास्टृय राजनितिमा थारु समुदायको योगदान मुल्यांकन गरिएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलन देखि गणतन्त्र स्थापना सम्म र किसान आन्दोलन देखि सशस्त्र युद्ध सम्म थारु समुदायले आफ्नो योगदान दिएको सर्वबित नै छ ।यसका अलाव थारु समुदायले पहिचानको आन्दोलनमा पनि आफुलाइ मुख्य पाटोको रुपमा स्थापना गरेको छ । जसको परिणामको रुपमा थरुहट आन्दोलन उत्पती भएको छ । थरुहट आन्दोलनको रुप नै थारुवान आन्दोलन , थारु आन्दोलन ,कमैया कमलरी आन्दोलन हुन ।
यी आन्दोलनले थारुको राजनितिक चेतना स्तर मात्र वृद्धि गरेन कयौ थारु नेताहरु पनि जन्माएर थारु समुदायलाई सता सम्म पुगाए । सतामा पुगेका थारु नेतृत्वले थारुको माग मुद्दा कति सम्म सम्बोधन गराए त्यो मुल्यांकनको बिषय रहेता पनि ती आन्दोलनबाट थारु समुदायमा पुगेको उपलब्धि र क्षतिको लेखाजोखा गर्न आवश्यक रहेको छ । थारु समुदायको राजनिती घटना र दुरघटनाको उत्पादन हुन पहिचानवादि युवा नेता रेशम चौधरी जो हाल कारागार जीवन बिताइरहेका छन।
रेशम चौधरीलाइ थारु समुदायको त्यो सपुत्रको रुपमा स्थापित भएका छन जो थारु समुदायको पहिचान र अधिकारका निम्ति मात्र हैन सम्पुर्ण पीडित ,पिछडिएका बर्ग , पहिचानवादिहरुको आवाज हुनु भएको छ ।औपचारिक रुपमा उहाँ शीत भेट नभए पनि टिकापुर घटना पछि उहाँ शीत विभिन्न मिडिया मार्फत नजिकन पुगे । थारु राजनितिमा चासो राख्ने हामी जस्ता युवाहरुको प्रेरकको रुपमा रेशम चौधरीको रसिलोपन पहिचान गरे । टिकापुर घटना जुन रुपमा थरुहट आन्दोलन रोक्ने तरिका राज्यले अपनाय सबैको दोष रेशम चौधरीमाथी राज्यले लाधेर थारु समुदायको पहिचान र निश्ठा माथी अपमान गरिएको छ ।जसको सिकार स्वरुप करिब २ बर्ष रेशम चौधरीले निर्वासित जीवन बिताउन राज्यले बाध्य बनाए ।
आफ्नो निर्वासित जिवनका साथै सम्पुर्ण भौतिक ,पारिवारिक ,आर्थिक ,समाजिक क्षति व्यहोर्नु भएको रेशम चौधरीले त्यहाबाट आफुलाइ अझ शश्क्त नेतृत्वको रुपमा परिवर्तन गरे । टिकापुर घटना पछि थारु समुदायको घर सम्पती जलाइदा , चेलीबेटी माथी हातपात गरिदा विश्व सामु थारु समुदायको बदनाम राज्यवाट हुनु बिर्सन नसकिने घटना हो । मानौ कि थारु जातीको नेपाल देशमा कुनै योगदान थिएन र छैन पनि । थारु समुदायलाइ आतंककारी र अपराधीको बिल्ला भिडाउने राजनिती ब्रहमाण्वादी शासक र राज्यले राजनिती गरे । रेशम चौधरीको राजनितिक जिवनको सन्दर्भमा उहाले समाजिक गतिविधिबाट शुरूवात गर्नु भएको छ ।
थारु संघ संस्था स्थापना देखि कलाकारिकता, पत्रकारिता ,खेलकुद ,ब्यापार हरेक तरिकाले प्रतिभाका धनी हुन ।
टिकापुर घटनामा पछि राज्यवाट उहाको घर , एफएम ,रिजोर्ट सबै जलाएर देशबाट निर्वासित गरिनु भयो ।
तत्कालीन राजेन्द्र महतो नेत्तृत्वको सदभावना पार्टीको उपाध्यक्ष रहेको रेशम चौधरीले आफ्नै पार्टीबाट पनि उहा लगायत २५ जना थारुलाइ जेलबाट छुटाउन सकेन। टिकापुर घटनालाइ राजनीतिक घटनाबाट अपराधिक घटनामा परिवर्तन गरियो ।
हुन त तत्कालीन बिजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक पार्टिका कार्यकर्ताहरु पनि टिकापुर घटनामा नफसाइएको होइन ,अहिले पनि लक्ष्मण थारु लगायत थारु आन्दोलनको कार्यकर्ताहरु कारागारमै छन । गच्छदारले पनि सबैलाइ रिहाइ गराउछु भन्दै सरकारमा गएका थिए तर लम्बिदो कानुनी प्रक्रियाले सरकार परिवर्तन भए तर टिकापुर घटनाका निर्दोष थारुहरु जेलमै बाँस बसिरहेका छन । त्यही प्रयास राजपाले पनि गर्दै ओलि सरकार शीत रेशम चौधरीलाई हिरासत मुक्त गर्न र भारी जनमतको कदर गर्दौ सान्सदको रुपमा सन्सद भवन ल्याउने माग गर्दै छन । कतै देउवा सरकार जस्तै ओलि सरकारले पनि कानुनी प्रक्रिया भन्दै टिकापुर घटनाका निर्दोष थारुहरुलाइ जेलकै हावा खुवाइ राख्ने त हैन भने संभावना उतिकै छ ।यसको श्रेय राजेन्द्र महतोले लिनुपर्छ ।
यता बेला बेला थारुले मधेसवादिलाइ मत नदिएको आरोप लगाउनेहरुको सान्सद चाहिँ रास्ट्रपतिमा एमालेलाइ किन मतदान गर्छन । असङ्खय मात्रामा समर्थक पाएका रेशम चौधरीको राजनीति भविष्य चाहिँ कसरी सुरक्षीत हुन सक्छ ? पार्टिका नेताहरु सान्सदमा भता खाने र सता समीकरण लागेर रेशमको रिहाइ देखावटी एजेन्डाका कि वास्तविक त्यो समयले नै मुल्यांकन गर्नेछ । रेशमले सान्सदिय चुनावमा भारी मतले बिजय हुनु राजपाको समर्थक भन्दा उहाको व्यक्तिगत मतले र टिकापुर घटनामा उहाँ माथि जनताको बिश्वास हो ।
अन्त्यमा रेशम चौधरीको राजनीति भविष्य कतै गलत दल रोजेर राज्यबाट सधैभरी पिडित हुन नपरोस । एमाले प्रवेस गर्दा नवराज सिलवालजस्ता भ्रष्टाचारिहरु सजिलै सान्सद भवन प्रवेस गर्न सक्छन ।रेशम चौधरी आफू थारु भएर नै राज्यबाट पिडित भएका हुन ।रेशम चौधरीको अनसन तोडिएपनी राजधानीको अस्पतालमा हतकडी लगाएर उपचार गर्न दिनु भनेको कैलालीको ३४ हजार जनतालाइ राज्यले हतकडी लगाउनु हो । रेशम चौधरी लगायत टिकापुर घटनामा फसाइएका निर्दोस थारुहरुलाइ तत्काल रिहाइ गर्नु पर्छ । नेपाली मिडिया र मानव अधिकारवादी सङ्घ सन्सथाले पनि निर्दोष थारुको पक्षमा बोलिदिन जरुरी छ । मानिन्य रेशम चौधरीलाई अब उत्पिडित आदिवासी जनजाती,थारु, मुस्लिम , दलित ,गरीबको आवाज हुन । उहाको राजनिती सबै बर्गका लागि मसिहा हुन । उहाँ राजनिती केरियरले एक रास्ट्र्को एक कुशल नेतृत्वको जन्म हो।
          लेखक :-थारु बिद्यार्थी सभाका संस्थापक अध्यक्ष संजय चौधरी थारु हुन।
Share This

1 COMMENT

  1. थारू मधेसी एक नभैसम्म हाम्रो अस्तित्व छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here