छुवाछुत बिरुद्ध रामधुनी वडा नं. ४ का बिदुर चौलागाईले गरे उदाहरणीय विवाह

सुनिल चौधरी
झुम्का,बैशाख ३० । छुवाछुतको बिकृतिले समाजमा बिभेद र हिंसाजन्य घटनाहरु भईरहदा रामधुनी ४ मानपुरटोलमा आईतवार बाहुन क्षेत्रिले गर्ने संस्कार अनुसार बाहुनको घरबाट एक दलित छोरीको बिवाह सम्मपन्न भएको छ । परिवारको सदस्य जस्तै ७ बर्षको उमेर देखिनै मानपुरटोल निवासी बिदुर चौलागाईले पालन पोषण गरेको राधा मुसहरलाई मोरंग वयरवनका केटा लल्कु मुसहर संग लगन जुराई बिवाह सम्पन्न गराई दिएको होे ।

बाहुन र मुसहरले बिवाहमा बिधब्यवहार गर्ने संस्कारलाई मान्दै मानपुरटोल निवासी चौलागाईले आफनै घरबाट आफनै खर्चले नातागोता समेतको निमन्त्रणामा बैशाख ३० गते बिवाह सम्पन्न गरी छुवाछुत बिरुद्ध उदाहरणीय काम गरेको छ ।

बेहुला पक्षले मोरंगबाट बिहानै जन्ति लिएर आउदा सबै घरपरिवार खुसि देखिएका थिए । जन्ति आएको गाडिबाट बिदुर चौलागाईले आफैले बेहुलालाई हाथ समाएर स्वयमबरमा ल्याएका थिए । स्वयमबर र सिन्दुरदान बाहुनको रित अनुसार गरे भने कन्यादाने उन्की आमा सुटि मुसहरले आफनै संस्कार अनुसार कन्यादान हुने सम्म उपासगरी दान गरेकी थिईन् ।

लालपुर घरभएकी राधा मुसहरलाई चौलागाई र उन्का परिवारले पालनपोषण गर्दै शिक्षित बनाए । कक्षा १० सम्म अध्ययन गरेकी राधा मुसहर घरब्यवहार गर्दा धार्मिक वा कुनै बाधाअड्चन नआएको बताएकी छन् । मुसहर जातीलाई सबैले दलित भनेर छुवाछुतको ब्यवहार गर्ने भएपनि यहाँ मलाई बिभेद नगरी छोरी जस्तै समान अधिकार दिएको राधाले बताईन् ।

छुवाछुत संबिधानले अन्तय गरेपनि समाजमा अझै जगजाहेर रहेकाले घर परिवार तथा मानपुरका सबै समाजहरु मिलेर सहमतिमै आफनै संस्कार अनुसार बिहे गरेर पठाएको चौलागाईले बताए । छोरी जस्तै संस्कार दिएर हुर्काएकोले बिहावारी पनि आफनै सदस्य अनुसार गरेको चौलागाईले बताए । कुनै जातजाती यो वा त्यो भन्दापनि हामि मानव हौ मानवताले कर्तब्य निभाएको चौलागाईले बताए । चौलागाईको ७५ बर्षिय आमा पबित्रा चौलागाईले भनिन् ‘राधाको बिवाह भैरहदा मन रोएको छ’ । ‘हाम्रि छोरी राधा सबै घरब्यवहार उसैले गर्थिन, कहिलै लागेन दलित हो भनेर,उन्लेनै खाना पकाएर खुवाथी भनेर मन बुझाउदै भनिन्, अब जवाईको घरमा राम्रो संगले ब्यवहारमा लागुन आशिर्वाद दिन चाहन्छु बाबु’ ।

वस्तवमा छुवाछुगर्ने बिरुद्ध यो उदाहरणीयकाम चेतनाको अवसर पनि हो । समाज परिवर्त गरी समृद्ध तर्फ सोच्ने हो भने यसलाई चेतना र सुझावको रुपमा सबै जातजातीले अगाडि बढाउन सक्नु पर्छ भन्ने जानकारहरुले बताउछन् ।

सेयर गरौ
  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here