सुनसरीका थारु महिला आफ्नै संस्कृतिमा उद्यम बनाउदै ।

निशान प्रकृति थारु
जेष्ठ, ३
झुम्का ÷ सुनसरीको इटहरी उपमहानगरपालीकाको आयोजनामा हुन लागेको उप मेयर आत्मनिर्भर कार्यक्रम मार्फत थारु महिलाहरू उद्यमशिल हुने भएका छन् ।
थारु समुदायमा भित्र रहेको महत्त्वपूर्ण कला मानिएको ‘कोहबर पेन्टिङ्गको’ कार्यशाला गोष्ठिले थारु महिलाहरूलाई उद्यमशिल बनाउने भएको हो ।
जेष्ठ २ गते देखी सुरु भएको ‘थारु लोक चित्रकला कार्यशाला’ असाढ २ गते सम्म चल्नेछ । थारु महिलालाई आय आर्जनमा जोड्न र महिला आत्मनिर्भरता बढाउन उक्त कार्यक्रम आयोजना गरिएको इटहरी उपमहानगरपालीकाकी उपमेयर लक्ष्मी गौतमले बताउँछिन् ।
आफ्नै कला र सस्ंकृति भित्र आत्मनिर्भरता देखाउन र थारु संस्कृतिलाई जीवन्त पार्न उक्त कार्यक्रम फलदायी हुने उनको भनाइछ । यसको अलावा कृषि पर्यटन र लोक कला बाट महिलालाई उद्यम शिलतामा जोड्न हामी लागी परेकाछौ । उनी भन्छिन् कोहबर महाभारत सँग जोडिएको कला भएकोले यसलाई बचाएर राख्न कार्यक्रम फाइदाजनक देखिन्छ ।
यो कार्यक्रममा इटहरीका १३, १४, १५, १६ र १७ गरी जम्मा ५ वडाका ३५ जना थारु महिला सहभागी हुने अयोजकले जानकारी दिएका छ । । उक्त कार्यक्रम लक्ष्मी नारायण मन्दिरमा एक कार्यक्रमको आयोजनागरी कार्यक्रमको उद्धघाटन गरिएको छ ।
मेयर द्धवारीकलाल चौधरीको प्रमख आतिथ्यतामा सम्पन्न कार्यक्रमा थारु भाषामा सम्बोधन गरेका थिए । उनले थारु भाषा र कला धेरै पुरानो छ र यसको संरक्षण हामी सबैको दायित्व भएकोले सबैले कला संरक्षण मार्फत उद्यमशिलताको बाटो खोज्नुपर्ने बताए हुन ।

सेयर गरौ
  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here