बलात्कार बिरुद्ध जनचेतनाकालागी झुम्कामा र्याली र अन्तरकृया

सुनिल चौधरी
झुम्का,असार ९ । समाजमा डरलाग्दो बिकृतिको रुपमा रहेको बलात्कार घटना बृद्धि भईरहेको अवस्थामा त्यस बिरुद्ध सचेतनाकालागी सनिवार झुम्कामा र्याली र अन्तरकृया सम्पन्न भएको छ । समाजिक सचेतनाकालागी सुचना केन्द्र सिक्सा सुनसरी,रामधुनीनगर कार्यपालिका,ईलाका प्रहरी पकलीको संयुक्त आयोजनामा बलात्कार बिरुद्ध नारालगाउदै र्याली सम्पन्न पछि सरोकारवाला पक्षहरुसंग अन्तकृया भएको हो ।

र्याली लगौना चौक देखि शिव चौक सम्म गर्दै बिभिन्न नारा लगाएका थिए । रामधुनीअन्तर्गतका बिध्यालयका बिधयार्थि,सामाजिक अगुवा,संघ संगठन,शस्त्र,प्रहरी,जेष्ठनागरीको सहभागीतामा नारा लगाउदै प्रभात फेरी गरेका हुन् । “बलात्कार बिरुद्धको अभियानमा एक जुट हौ”, “एक पटको अपराधले जिन्दगी बर्वाद हुन सक्छ”,“बाल हिंसा अन्तय गरौ”, “दुब्र्यशन,महिला शिहंसा काुननि अपराध हो,” “सबै जनता सचेत हौ”,“बालबालिकालाई बिध्यालय पठाऔ ”,अपराध गर्नु भन्दा पनि अपराध सहनु पनि अपराध हो, अपराधिलाई समाजिक रुपले बहिस्कार गरौ” सचेतना दिने खालको नारालगाई झुम्का बजार परिक्रमा गरेका हुन् ।

झुम्का उधोग बाणिज्य संघको सभाहलमा भएकोे अन्तकृयामा बलात्कार हुनुको मुख्यकारण लगायत यसको कानुनी प्रकृयाका बारेमा छलफल भएको सिक्सा सुनसरीका अध्यक्ष राम कोइराले बताए । अन्तकृयामा रामधुनि नगरप्रमुख जयप्रकास चौधरी,एसपी राजन अधिकारी,वडा अध्यक्ष सहित सरोकारवाला पक्ष तथा स्थानिय नगरवासिको उपस्थिती रहेको थियो भने कार्यक्रम रमेश भट्टराईले सहजिकरण गरेका थिए ।

सेयर गरौ
  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here