राजधानीमा मिस्टर एन्ड मिस थारु (सिजन दुई)को लागि पत्रकार सम्मेलन सम्पन्न

काठमाडौँ , ११ भदौ । देशभरिका थारु युवा प्रतिभा र बौद्धिकतालाई स-हृदय सम्मानका साथ प्रतिष्ठित गर्ने तथा थारु भाषा, कलासंस्कृती , भेषभुषा , मेलमिलाप , भातृत्व र एकता झल्किने एक सौहार्दमय आगन मिस्टर एन्ड मिस थारु २०१८ (सिजन दुई) को अडिसन भदौ २२ देखि धनगढी बाट सुरु हुदै।

आज थारु कल्याणकारिणी सभाको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरि कार्यक्रम बारेमा जानकारी दिइएको हो ।२०१७ मा पहिलो सिजन थारु अनलाइन मिडियाले सम्पन गरेका थिए। “जह इन्टरटेनमेन्ट” द्वारा संचालन हुन गइरहेको मिस्टर एन्ड मिस थारु २०१८ (दोस्रो चरण) पहिलो अडिसन धनगडीबाट सुरु गरिने आयोजकले जानकारी दिएका हुन् । अडिसनको लागि उमेरको हद कायम गरिएको छ, युवा र युवती दुबैको उमेर १८ बर्ष पुरा भइ २६ बर्ष सम्मलाई लिइनेछ । एस.इ.ई पास भएका उम्मेदार कार्यक्रममा सहभागी हुन पाउनेछन् ।अनलाइन फारम भर्न सकिने व्यवस्था मिलाइएको छ । फाराम भर्नको लागि यहाँ क्लिक गर्नुहोला ।

मिस्टर एण्ड मिस थारु २०१८ (दोस्रो चरण) को अडिसन नेपालको पुर्व देखि पस्चिम थारु बाहुल्यता भएको सहर धनगढी, बुटवल, चितवन, लहान , इटहरी र अन्तिम अडिसन काठमाडौँ हुने भएको छ।

 

त्यसैगरि कैलालीको धनगढीबाट रुबस होटेलमा यहि भदौ २२ गते बाट अडिसन हुदैछ भने रुपन्देहीको बुटवलमा होटेल मलिनमा २४ गते, चितवनको रहिनो गेस्ट हाउस मा २५ गते, सिरहाको लहानमा ओर्चिड केफेमा २७ गते, इटहरीमा २८ गते र अन्तिम अडिसन राजधानी काठमाडौँको होटेल ताजमा ३० गते हुने जानकारी जह इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सुरेश चौधरी ले दिए।

अडिसनबाट ६० जना युवा युवतिलाई छनौट गर्ने छ भने ति थारु युवा युवतीलाई इभेन्ट समबन्धि तालिम, मोडलिंग, थारु कला संस्कृति, भेषभुषा, भाषा, पौराणिक तथा एतिहासिक लोप उन्मुख बस्तु, लोक संस्कृति नृत्यको बारेमा प्रदर्शनी तथा जानकारी एवं नेतृत्व बिकास, उदघोषण, उत्प्रेणामुलक तालिम दिई सम्बन्धित क्षेत्रमा दक्ष राष्ट्रिय स्तरका व्यक्तिबाट तालिम दिईने छ। त्यसै गरि सो तालिम २५ -३० दिन सम्म सन्चालन हुनेछ। जसमा बिजेता ६ जना मध्ये युवा र युवतीबाट १/१ जना २०७५ को मिस्टर एण्ड मिस थारु घोषणा गरिनेछ। जसमा बिजेतालाई नगद ७५०००/- साथे थारु पोशाक, विभिन् पुरुस्कार साथ-साथे २ दिनका लागि कल्चर टौर प्रदान गर्ने आयोजकले जानकारी दिएका छन । त्यसैगरि थारु युवा गीतकार \ संगीतकार रैन चौधरीको तर्फ बाट थारु गीतमा पर्स्तुत गर्न मौका पाउने छ ।

कार्यक्रममा मिस्टर एण्ड मिस थारुको संचालक सुरेश चौधरी, समाजसेबी रामलाल चौधरी,  मिस्टर थारु २०१७ का चन्दन चौधरी, मिस नेपाल इन्टरनेसनल २०१६  वर्षा लेखी, मिस्टर एण्ड मिस थारुको प्रोग्राम संयोजक प्रविन चौधरी, मिस्टर नेपाल २०१५ मिडिया प्रश्नालिटि दोशहरण चौधरी, मिस्टर एण्ड मिस थारुको  मार्केटिङ व्यवस्थापक रुपेश चौधरी, थारु पत्रकार संघका महासचिव किशोर चौधरी,थारु कल्याणकारिणी सभाका महामंत्री अमिरी चौधरी, एक्सेस मेडियाका प्रबन्ध निर्देशक ओम महतो, रास्ट्रिय थारु कला संघका संयोजक बिनय बैधय, थारु बिधार्थी समाज उपत्यका समितीका अध्यछ सुरेश थारु, थारु बिधार्थी सभाका केन्द्र सदस्य सुशिला चौधरी लगायतको उपस्थिति रहेको थियो ।

 

 

सेयर गरौ
  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here