मलेसियाको इतिहासमै पहिलो चोटि “थारु माघी महोत्सव तथा बार्षिक उत्सव ” कार्यक्रम आयोजना हुने :

आर एन चौधरी थारु डिसेम्बर २२ तारिख सनिवार मलेसिया,मलेसियाको इतिहासमै पहिलो चोटि “थारु माघी महोत्सव तथा बार्षिक उत्सव ” कार्यक्रम आयोजना हुने भएका छ्न।
रोजगारीको लागी नेपालीहरुको प्रमुख गन्तव्य मानिने सबै भन्दा बढी करिब करिब ८ लाखको हाराहारीमा कामदारहरु रहेका मलेसियामा थारु युवाहरु एकजुट भैइ प्रवासी थारु सेवा समाज मलेसियाको प्रमुख आयोजनामा पहिलो चोटि थारु पिडितहरुको सहयोगार्थ “थारु माघी महोत्सव तथा बार्षिक उत्सव कार्यक्रम २०७४ ” यहि आउदो नयाँ बर्ष 2018 जनवरी महिनामा 14 तारिख आइतबारको दिन मलेसियाको राजधानी क्वालालम्पुर स्थित ( Arenaa star hotel)
एरिना स्टार होटेलमा आयोजना हुँदैछ्न।कार्यक्रममा प्रबेश गर्नको लागी मलेसिया रिङ्गिट RM :-30 पर्ने टिकटको ब्यवस्था गरिएको थारु सेवा समाजका पुर्व संस्थापक अध्यक्ष तथा अहिलेका संस्थापक/संरक्षक आर एन चौधरी थारुले जानकारी गराउनु भयो।

मलेसिया बिगत लामो समय देखि नेपालका आदिवासी भुमीपुत्र थारु समुदायका युवाहरु कार्यरत रहे पनि अहिले सम्म यहाँ परदेशमा आफ्नो थारु जातिको कला,संस्कृति ,भेषभुषा,पहिचानलाइ चिनाउन सक्ने खालको कार्यक्रम आयोजना हुन सकेका थिएनन।समाजका बर्तमान अध्यक्ष मनिराम थारुको भनाइ अनुसार यो हाम्रो थारु समुदायको पहिलो सान्स्कृतिक प्रोग्राम आयोजना हुन गैइरहेकोले पनि बढी भन्दा बढी दर्शकहरु उपस्थित हुन सक्ने अनुमान गरेका छौ र यसको लागी थारु मात्र नभैइ नेपालीको नाताले यहाँ कार्यरत रहेका बढी भन्दा बढी साथी,भाइ,दिदि बहिनीहरु आइ कार्यक्रम सफल बनाइ दिनु हुन्छ भन्ने बिश्वास पनि लिएको बताउनु भयो।

यस ” थारु माघी महोत्सव तथा बार्षिक उत्सव ” कार्यक्रमको उद्घाटन नेपालबाट आउने कार्यक्रमका प्रमुख अतिथि माननिय श्री श्रम तथा रोजगार राज्यमन्त्री डिल्ली बहादुर चौधरी तथा कार्यक्रमका विशेष अतिथि नेपालबाटै आउने संघीय मामिला तथा स्थानीय बिकास राज्यमन्त्री जनकराज चौधरी लगायतकोले संयुक्त रुपमा गर्ने समाजका महासचिव सरोज चौधरीले बताउनु भयो।
महासचिव चौधरीको भनाइ अनुसार माघी महोत्सवमा प्रमुख आकर्षणको रुपमा थारु खानाको परिकारको फ्रि ब्यवस्था/नेपालबाट अतिथि कलाकारको रुपमा आउने नयाँ जेनेरेशनका हट चर्चित थारु गायक,गायिका,मोडेल,डान्सर कलाकार राज कुश्मी र अन्जु कुश्मीको जोड्दार नृत्यको साथ साथै मलेसियामा रहेका चर्चित स्थानीय कलाकारहरु रमित तामाङ,अभिनाष तामाङ,सरिता तामाङ,सुबिना तामाङ ,हिदम तामाङ ,कोष बोम्जन तामाङ
Dj राज तामाङ लगायतको जोड्दार प्रस्तुति रहने छ्न।
कार्यक्रमको प्रायोजकमा परदेशी रेष्टुरेन्ट एण्ड परदेशी धमाका , रेष्टुरेन्ट मण्ड्ला र सहयोगी संस्थाको रुपमा थारु साहित्यम लौव युवा फाउन्डेसन मलेसिया ,नेपाल म्हार म्हेन्दो तामाङ कलाकार संघ मलेसिया रहेका छ्न।

( नोट :- माघी महोत्सव कार्यक्रममा प्रबेश गर्न टिकटको लागी तल दिइएको निम्न नम्बरहरुमा सम्पर्क गर्न सक्नु हुनेछन ।+60109427402/011-3344 7339/017-591 9234/010-249 2412/011-2681 2713 )

Share This

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here