थारुको पहिचान मात्र होइन, यो देशको गहना हो – शुशिलाले मुख खोलिन

पुस २६, बुधबार एलएन गच्छदार

माघी पर्व नेपालमा बसोबास गर्ने थारु जातिले मनाउने प्रमुख चाड माघी हो । माघी नेपालका थारु समुदायले मात्र नभएर अन्य समुदायले समेत मनाउने गर्दछ । त्यसै गरि थारु महिला सभा इटहरी उपमहानगर कार्यसमितीले २ दिने माघी महोत्सवको तयारि संगै आज पत्रकार सम्मेलन गरेको छ । उक्त महोत्सव थारु पौराणिक गित, नृत्य, नाटक, थारु परिकार, बिभिन्न झाँकी तथा थारु कला संस्कृतिको प्रदर्शनी संगै मनाउन लागिएको हो ।

उक्त पत्रकार सम्मेलनमा थारु महिला सभा जिल्ला अध्यक्ष शुशिला चौधरीले भनिन – आज भन्दा अगाडी हामि माघी पर्व आफनो घरपरिवार आफन्तजनमा , गाउँ, टोलमा मात्र मनाउदै आएको हुदा आज पत्रकार समेलन गरि थारु जातिको माघी

पर्व बृहत ढंगले गरेको हो । साथै माघी पर्व पहिलो अन्न भित्रयाएको र खुसीका साथ अन्न प्रसादको रुपमा चढाएर ग्रहण गर्ने र पहिचान कसरि कायम र जोगाउन सकिन्छ, त्यसको लागि हस्तकला, पौराणिक चिजहरु महोत्सवमा प्रदर्शन गर्दै थारु नयाँ वर्षको रुपमा मनाउने र हाम्रो थारु पहिचान जोगाउन र संदेश दिन थारु कला सस्कृतिलाई जगेर्ना गर्नु पर्छ र राज्यकोषबाट हाम्रो थारुको संस्कृति संरक्षण गर्न सेवा सुबिधा पुगोस भनेर मनाउन लागिएको हो । थारु कलासंस्कृति थारुको पहिचान मात्र होइन, यो देशको गहना हो  ।

पुर्व आदिवासी जनजाति माहासंघ सुनसरी उपाध्यक्ष तेजनारायण चौधरीले माघीमा खाने थारु परिकार स्वास्थ्यको लागी महत्वपूर्ण हुने हुदा खाने तिलको लडडु, सखार आदिको महत्व बारेमा बोल्दै अहिलेको संविधानमा राज्यले थारुको संस्कृतिलाई बुझन नसकेकोमा आपति जनाए  । त्यसै गरि थारु कल्याणकारिणी सभा केन्द्रीय सदस्य उर्मिला चौधरी, थारु कानुन व्यवसायी सभाका केन्द्रीय अध्यक्ष रामराज चौधरीले समेत माघीको महत्वबारे आफ्ना बिचार राखेका थिए । सो २ दिने माघी महोत्सव पुष २९ र ३० गते इटहरी -९ को जनता माविको प्रागंनमा राष्ट्रिय पर्वको रुपमा मनाउन लागिएको हो । ३० वटा स्टल सहित थारु पौराणिक नृत्य, भेषभुषा प्रदर्शनी र थारु खानपान रहने आयोजक तर्फबाट थारु महिला सभा इटहरी उपमहानगर कार्यसमिति अध्यक्ष सुशिला लेखिले जनाएको छ ।

Share This

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here