इटहरीको माघी महोत्सव आजदेखि सुरु

पुस २९ शनिबार, एलएन गच्छदार  

थारु समुदायको मौलिक खानपान, भेषभुषा, संस्कार संस्कृति संरक्षणका निम्ति थारु समुदायको नव वर्ष भनेर चिनिने माघी पर्वको उपल्यक्षमा थारु महिला सभा इटहरी उपमहानगर कार्यसमितिले आज (शनिबार ) देखी २ दिने माघी महोत्सवको आयोजना गरिएको छ / इटहरीको जनता माध्यमिक विधालयको परिसरमा भएको उक्त माघी महोत्सवको समुदघाटन संस्कृति तथा पर्यटन राज्य मन्त्रि सुमित्रा थरुनीले गरिन /मन्त्री थरुनीले लोपोन्मुख अवस्थामा रहेका थारु कला संस्कृतिलाइ महिला सभाले उजागर गर्दै भाबी नयाँ पुस्तामा उर्जा थपेको  बताईन /

उपमहानगर कार्यसमिति इटहरीकि अध्यक्ष शुसिला लेखिको सभाध्यक्षता संचालन भएको उक्त कार्यक्रममा थारु भेषभुषा, पौराणिक नृत्य, झाँकी प्रदर्शन संगै इटहरीको मूल चोक परिक्रमा गरि र्याली निकालिएको थियो / महोत्सवको स्टलमा पौराणिक कलात्मक थारु सामाग्रीको प्रदर्शनी संगै थारु परिकार घोंगी, झुना, बगिया, चिछौरी भात, माछा, परेवा – हाँसको मासु लगायतको परिकारको समेत स्वाद चाख्न पाइने छ /

महोत्सवको उदघाटन सत्रमा थारु कल्याणकारिणी सभाकि केन्द्रीय सदस्य उर्मिला चौधरीले थारु महिला चुलाहा चौका मात्र सिमित नरही शिक्षा क्षेत्रमा समेत अगाडी बढे अनि मात्र थारुको बिकास हुने र पुर्व देखि पश्चिम सम्मका थारु जब सम्म एक हुदैनौं तव सम्म हामि हाम्रो अधिकार पाउ नसक्ने समेत बताइन / साथै सुनसरीमा थारु महिला कुनै पनि जातीय संस्कृति, परम्परा, चाडपर्वमा निकै नै सक्रिय भएकोमा आफु गर्व गर्दै झुम्कामा महिलाहरुद्धारा नै २ ठाउँमा माघी महोत्सव भईरहेको थारु चलचित्र तथा सांस्कृतिक संघ सुनसरीकि अध्यक्ष जानकी चौधरी बताईंन /

उक्त कार्यक्रममा थारु समुदायमा उल्लेखनीय योगदान पुर्याउनु हुने थारु पत्रकार संघ नेपालका केन्द्रीय सदस्य कुलदिप चौधरी, फोनिज अध्यक्ष धिरेन्द्र चौधरी, थारु महिला अभियन्ता थारु महिला सभा जिल्ला अध्यक्ष शुशिला चौधरी तथा थारु कानुन व्यवसायी सभाका केन्द्रीय अध्यक्ष एवम अधिवक्ता रामराज चौधरीलाई सम्मान समेत गरिएको थियो / उक्त महोत्सव भोलि आइतबार सम्म चल्ने र थारु कलाकारको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ /

सेयर गरौ
  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here